आज पहिलो लोकतन्त्र दिवस र १९ दिने आन्दोलन
आज लोकतन्त्र दिवस र २०६२ ०६३को १९ दिने जनआन्दोलन आठ दलका नेतालाई राज्यमा मन्त्री देखि अन्य सुविधा बाँडभाडको लागि नेपाली जनता सडक संघर्षमा उत्रर आफ्नो ज्यानको आहुति दिएका होईन । आठ दलले कुनै पनि घमण्ड नगरे हुन्छ । १९ दिने जनआन्दोलनमा हाम्रो महत्वपूर्ण भूमिका छ भनेर कुनै पनि दिन देखिएन आठदलका शिर्ष नेताले आन्दोलनको नेतृत्व गरेर हिडेको । आन्दोलनमा त म पनि हिडेकेा थिए । तर देखिन । किन कि नेताहरुले आन्दोलनलाई नेतृत्व गरेनन् र त एक गोली पनि खाएन र सहादत पनि शिर्ष नेताहरुले प्राप्त गरेनन । गोली अश्रुग्याँस लाठी पानीको फोहोरा सबै सर्वसाधारण र युवा जमातले खाए र सहादत पनि तिनैले प्राप्त गरे ।
समानता स्वतन्त्रता मानवअधिकार समावेशी अस्तित्व पहिचान मुक्ति विकास शान्ति अनि लोकतन्त्रका लागि जुरमुराएका नेपाली जनताको एकत्रित आवाजलाई दबाउन शाही तानाशाह सरकारले आनदोलन शुरु भउको दिन २०६२ चैत्र २४ गते देखि २०६३ बैशाख ११ गते रातिसम्म प्रहरी सशस्त्र प्रहरी र तत्कालिन शाही नेपाली सेनालाई व्यापक रुपमा परिचालन गरेको थियो । शाही तानाशाह सरकारले आन्दोलनको पहिलो दिन नै निषेधाज्ञा र कफ्यु लगाउने कार्य गर् यो । सरकारले लगाएको निषेधाज्ञा तोड्दै निस्केका विभिन्न ठाँउका आन्दोलनकारीलाई शाही तानाशाह सरकारका कठपुतलिहरुले निर्मम दमन गरे । आम हडतालको पहिलो दिन चैत्र २४ गते ललितपुरको पाटनबाट पहिलो जनआन्दोलनको शुरुवात भएको थियो ।
जनआन्दोलन दिनानु दिन शसक्त रुपमा उत्कर्षमा पुग्दै जाँदा शाही तानाशाह सरकारले निषेधाज्ञा दिनरात कफ्यु लाठी चार्ज अश्रुग्याँस प्रहार पानीको फोहोरा हवाई फायर गिरफ्तारी र गोली प्रहार जस्ता कार्य सामानय र दिन चार्य बन्यो । शाही तानाशाहका कठपुतलिहरुले मानवअधिकार र मानविय कानुनलाई समेत कुनै ख्याल नराखी राज्यलाई हत्या र िहंसातिर धकेल्ने काम गरे ।
मुखमा आवाज अनि मनमा दृढ परिवर्तन लिउर हिडेका नेपाली जनतालाई शाही तानाशाहले गरेकेा दमनबाट २५ जना नेपाली जनताले सहादत प्राप्त गरे । (सहादत प्राप्त व्यक्तिहरुको नाम हेर्न यहाँ थिच्नु होला ।) आन्दोलनले मूर्त रुप लिई रहेकेा बेला बैशाख ८ गते शाही तानाशाह ज्ञानेन्द्रबाट शाही सम्बोधन भयो । जसको उद्धेश्य आन्दोलनलाई मत्थर पार्ने र सरकार आफ्नो कब्जामा पारी राख्ने । तर त्यो सम्बोधनको कुनै सुनुवाई नगरी आन्दोलनकारीहरु नेताहरु होसियार शाही सम्बोधन धोका हो भन्दै त्यसलाई बहिष्कार गरे । ८ गतेको शाही सम्बोधन हेर्न यहाँ थिच्नुहोस । आन्दोलनकारीहरु राजतन्त्रको अन्त्य र पूर्ण गणतन्त्रको स्थापनाका लागि अगाडि बढेका थिए । त्यसैले शाही तानाशाह ज्ञानेन्द्र आफू राजा भई रहने मनसायले फेरी अर्को शाही सम्बोधन बैशाख ११ गते राती ११ः३० बजे गर्न बाध्य भए । जनु सम्बोधनले २०५८ साल जेठ १८ गते विघटन भएको प्रतिनिधि सभा स्थापना गर् यो । यही सम्बोधनलाई आन्दोलनको सफलता ठानी राती ११ः३० बजे नै विजय जुलुस निकाल्ने कार्य भयो । (११ गतेको शाही सम्बोधन हेर्न यहाँ थिच्नु होला ।)
जनआन्दोलन दबाउन तत्कालिन रुपमा मुख्य भूमिका खेलेका व्यक्तिहरलाई अझैसम्म सरकारले केही पनि गर्न सकेको छैन । यो सरकारको लज्जास्पद कार्य हो । जनआन्दोलनबाट बनेको सरकारले रायमाझी आयोगले सिफारिस गरेका व्यक्तिहरुलाई कुनै कारवाही नगर्नु यो जनआन्दोलनका सहिदहरुको अपमान गर्नु हो । यहाँ मैले रायमाझी आयोगले सिफारिस गरेका तत्कालिन जनआन्दोलनका दमनकारीहरु नभएर तत्कालिन अवस्थामा देखिएका दमनकारीहरुको नामवाली राख्न चाहान्छु । यदि तपाईलाई ती को को होलान जस्तो लाक्छ भने यहाँ थिच्नुहोस ।
समानता स्वतन्त्रता मानवअधिकार समावेशी अस्तित्व पहिचान मुक्ति विकास शान्तिका लागि लोकतन्त्र स्थापना भएको पनि आज एक वर्ष पुगेको छ । लोकतन्त्र स्थापना पछि नेपाली जनताले जे जति आशा गरेका थिए त्यो त नेपाली जनतालार्य आकाशको फल आँखा तरी मर भने झै भयो भयो संविधान सभाको चुनाव पनि आगामी चेठ भित्र हुने छ भनेर भनेको भने गर्दै कुन सालको जेठ भित्र हुने हो त्यो पनि टुंगो नलाग्ने भो । खै शंकै लाग्न लाग्यो नेपालमा गणतन्त्र आओसन राजतन्त्रको अन्त्यहोस् ।

very nice blog. Keep it up………..
Comment by Kashiram — April 24, 2007 @ 11:48 am
Baadhai 6 uttar uttar pragati ko kaamanaa………..
Comment by Bishnu Dhakal — April 26, 2007 @ 2:17 am
Congratulation!! For this new start. It’s looks good and simple. Gook luck!
Comment by Jitu'cha. — April 26, 2007 @ 2:58 am
The Failure of Nepal’s Politics:
They ignore the fact that larger commercial powers wait at the edges. POWERS which could swallow us and them the way slugs swallows garbage.
This is the TRUE THREAT of Globalization - to Us and to THEM too.
The trouble with war is it destroys all moral decency in human beings.
Revolution of this kind will dump the physicially and more important, mentally destroyed survivors back into an innocent population which is incapable of even imagining what such returned fighters might do.
juni
Comment by juni — April 28, 2007 @ 4:22 am