२०६३ बैशाख ११ गते राती ११ः३० बजे राजा ज्ञानेन्द्रबाट बक्सेको शाही सम्बोधन ।
प्यारा देशवासीहरु
नेपाल अधिराज्यको राज्यशक्तिको श्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेकेा तथ्यलाई हृदयंग मगर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरचत सात राजनीतिक दलको गठबन्धनकोमार्ग चित्रका आधारमा मुलुकमा जारी िहंसात्मक द्धन्द लगायत समग्र समस्याहरुको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई सयै घोषणा मार्फत पुनस्र्थापित गरिबक्सेका छौ । बहुदलीय प्रजातन्त्रको रक्षा स्थायी शान्ति राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजननीतिक दलहरुलाई आब्हान गर्दछौ । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक २०६३ बैशाख १५ गते शुक्रबार दिनको १ बजे संसदभवन िसंहदरवारमा बस्ने गरी आब्हान गरिबक्सेकाछौ ।
नेपाल र नेपालीको बृहत्तरहित यो संसदबाट हुनेछ भन्ने हामीलाई विश्वास छ ।
जनआन्दोलनमा जीवन गुमाउका प्रति समवेदना र घाइते एवं आहत भएका सबैप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति प्रगति पुर्णप्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल